काठमाडौं, २६ असार–मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी आफूहरूलाई दिएको थाहाखबरलाई जानकारी दिए।
‘दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्छ’, उनले भने।
सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको ढल्–ब्ःख् कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। यता त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सेनाको हेलिकोप्टर पनि उद्धारका लागि परिचालन भइसकेको बताए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।
जसमा पाइलट नेपाली र अन्य यात्रु मेक्सिकन रहेका छन्।
