दमक, २६ असार–दमकमा सोमबार राती एक मोबाइल पसलमा अज्ञात व्याक्तिद्धारा तोडफोड भएको छ । दमकस्थित मुख्य चोकको हाइवेसंगै जोडिएको मोबाइल पसल इनफिइनिटी टेक लेखिएको टुडी बोर्ड तोडफोड भएको हो । पसलको तीन वटा टुडी बोर्ड तोडफोड हुदाँ रु ८० हजार बराबरको क्षति भएको सञ्चालका प्रबल भण्डारीले जानकारी गराए ।

इनफिइनिटी टेकका सञ्चालक तथा दमक मोबाइल व्यवसायी संघका सदस्य समेत रहनुभएका भण्डारीका अनुसार आज (मंगलबार) विहान पसलमा आइपुग्न साथ तीन वटा टुडी बोर्ड तोडफोड भएको देखे । उनले पसल खोलेर सिसी क्यामेरा फुटेजमा एक व्याक्तिले तोडफोड गरेको देखिएको बताए । उनका अनुसार ती व्याक्ति मानसिक सन्तुलन गुमाएको हुन सक्ने सिसी क्यामेराको फुटेजमा देखिन्छ ।

पसल तोडफोडपछि सञ्चालक भण्डारीले दमक नगर प्रमुख राम कुमार थापा सहित इलाका प्रहरी कार्यालय र दमक उद्योग बाणिज्य संघलाई अलग अलग भेटेर घटनाको जानकारी गराएका छन् । भण्डारीले फेसबुक मार्फत तोडफोड भएको बोर्डसहित घट्नाको निन्दा गरेका छन् । उनले सुरक्षाको प्रवन्ध गर्न समेत नगरपालिका र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

दई वर्ष अघि उनको पसलमा लाखौ रुपैयासहित मोबाइल सेट र मोबाइलका पाटर्सहरु चोरी भएको थियो । सो घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएपनि दोशी पत्ता लगाउन सकेका छैन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *