बिर्तामोड, २६ असार–झापाको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेनमा विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको निधन भएको छ ।
आठ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।
लिम्बू हिजो खाजा खाएर शौचालय जाँदा उनी शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।
