लहान, २७ असार–अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासबाट खटिएको टोलीले लहानस्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदमविनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ गरेको छ।

मंगलबार बेलुका पाँच बजे आएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेलको कोठामा रहेको ओछयानमुनिबाट घुस लिएको रकमसहित पक्राउ गरिएको हो।

एक जना ठेकेदारसँग पुरानो बिल भर्पाइ अनुसारको रकम निकासाको लागि एक लाख रकम घुस मागिएको थियो। पक्राउ गरिएको लेखा अधिकृत पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरी बर्दिवास लगिएको मुचुल्कामा हस्ताक्षर गर्न गएका लहान–७ का वडाध्यक्ष राम औतार शर्माले बताए।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सो घटनको पुष्टि गर्दै पोखरेललाई नियत्रणमा लिइएको जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *