काठमाडौं, २७ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

केन्द्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन्।

शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल हुने छ। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि झण्डै एक वर्षपछि बैठक बस्न लागेको हो।

गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो। त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *