पाडाजुंगी, २७ असार–स्वर्णपुरुष स्व सन्तकुमार बान्तवा राई स्मृति ग्रन्थको बुधबार एक कार्यक्रमबीच बिमोचन गरिएको छ । कमल गाउँपालिकाको पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेशमा आयोजित भब्य समारोहमा स्मृति ग्रन्थ बिमोचन गरिएको हो ।

किरात राई यायोक्खा झापाका सस्थापक अध्यक्ष तथा पाडाजुङ्गीस्थित आदिवासी जनजाति रङ्गशाला तथा स्मृती पार्कका संस्थापक अध्यक्ष स्व सन्तकुमार बान्तवा राईको सम्झानामा स्मृति ग्रन्थ प्रकाशन गरिएको हो ।

स्मृति ग्रन्थ प्रकाशन समितिका अध्यक्ष अर्जुन राईको अध्यक्षता तथा शिक्षासेवी तथा किरात राई समुदायका अगुवा मनोज साम्पाङ राईको प्रमुख आतिथ्यतामा भएको समारोहमा पूर्व सांसद अर्जुन राई, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा बाङदेल चेली, किरात राई यायोक्खाका पूर्व केन्द्रिय उपाध्यक्ष क्या बुद्धि बहादुर राई, साहित्यकार तथा लेखक हेम अधिकारी, समाजसेवी पूर्णानन्द शर्मा, लगायतका विशिष्ट व्याक्तित्वहरुको उपस्थिति थियो ।

स्मृति ग्रन्थ प्रकाशन समितिले आयोजना गरेको उक्त कार्यक्रममा बान्तावा भाषा सम्बन्धी पत्रिका बुङ्खाका सम्पादक पदम राईले ग्रन्थका बारेमा टिप्पणी गरेका थिए । स्व.वान्तवाकी श्रीमती कृष्णकुमारी राई र छोरा कमलकुमार राई प्रकाशक रहेको ग्रन्थमा पारिवारिक विद्धत, सामाजिक दृष्ट्रिमा विभिन्न क्षेत्रका लेखकहरुका आ–आफनो विचार समावेश छ ।

२८७ पृष्ठको सो ग्रन्थ लोकापर्ण कार्यक्रममा सहभागिहरुले स्व.वान्तवाको योगदान पुस्तकमार्फत थप उजागर हुने औल्याएका थिए । कार्यक्रममा स्व वान्तवाका भाई दिलीप राईले स्वागत मन्तव्य राखेका थिए ।

१९९१ साल असार १५ गते पान्थरको रविस्थित पाङतुवामा जन्मिएका वान्तवाको २०६८ फागुन २० गते ७७ वर्षको उमेरमा निधन भएको थियो । कमल गाउँपालिका ६ निवासी स्व वान्तवाकी श्रीमती कृष्णकुमारी, छोराहरु कमल, गणेश, भिष्म रहेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *