झापा, २७ असार–झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह निलम्बनमा परेका छन्। गत आर्थिक वर्ष २०७४/७५ मा झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साहसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि साह निलम्बनमा परका हुन्।

गाउँपालिकाका अध्यक्षसहित वार्डसदस्य फणिन्द्र खरेल, इन्जिनियर अभिषेक दास र सबइन्जिनियर विज्ञान चम्लगाईं निलम्बनमा परेको गाउँपालिका स्रोतले बताएको छ। अध्यक्ष निलम्बनमा परेपछि उपाध्यक्ष अन्जुदेवी थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

कार्यपालिकामा बुधबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

‘बैठकमा उपाध्यक्षज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने मात्र निर्णय भयो,’ कार्यपालिकाका एक सदस्यले भने।

सडक निर्माण क्रममा कामै नगरी योजनाको फर्जी बिल बनाएर करिब २२ लाख दस हजार रूपैयाँ रकम भुक्तानी दिएको आरोप अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको छ।

अध्यक्ष साहले कार्यपालिकाको बैठकबाट उक्त रकम भुक्तानी दिने निर्णय गराएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *