काठमाडौँ, २७ असार–सर्वोच्च अदालतले कोशी प्रदेश सरकार विवादमा आज अन्तरिम आदेश दिएको छ। यो आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको सुनुवाइपछि दीर्घकालीन असर हुने कुनै निर्णय नगर्न आदेश दिएको छ। यो मुद्दामा साउन ७ गतेदेखि निरन्तर सुनुवाइ गर्ने भनेको छ।

अन्तरिम आदेशमा भनिएको छ‚ ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा रिट दायर भएको थियो। प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *