दमक, २८ असार–समुदायप्रती समर्पित रहि समाजमा मानवताबीच एकता र शान्ति स्थापना गर्न सक्रिय संस्था होः रोटरी क्लब ।

रोटरीको अभियानमा लामो समयदेखि सक्रिय रहदैं आइरहनुभएका झापा दमकका युवा व्यवसायी तथा वर्ष २०२३।०२४ का एसिस्टेन्ट गर्भनर सन्दिप (दिपु) चापागाईले असल नागरिक निर्माण गर्न रोटरी क्लबले अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।

रोटरी क्लब अफ दमकका वर्ष २०१९।२० का अध्यक्ष समेत रहनुभएका रोटरी एसिस्टेन्ट गर्भनर चपागाईले समुदाय र समाजप्रती रोटरी क्लबले सञ्चालन गर्ने कार्यक्रम र उदेश्यका बारेमा जानकारी गराउनुभएको छ । वहाँले रोटरी क्लबले यसवर्ष संसारभरी आशाको निर्माण गर्नु उद्घोषसहित समुदायमा आधारित योजना र कार्यक्रम बनाएर अघि बढिरहेको बताउनुभएको छ । चापागाईले रोटरी क्लबले सञ्चालन गर्ने अभियानलाई व्यवस्थित ढंङ्गले सार्थक बनाउन प्रतिवद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभएको छ ।

चापागाईले रोटरी इन्टरनेशनलको मार्गदर्शन, सिद्धान्त र अनुशासनलाई पालना गर्दै अघि बढ्न जरुरी रहेको स्पष्ट पार्नुभएको छ । वहाँले यसवर्ष झापाका चार वटा अलग–अलग स्थानका लागि संस्थाले दिएको जिम्मेवारीलाई पुरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

चापागाईले रोटरीको अभियानका निम्ति मेचीनगर, काँकडिभिट्टा, सुरुङ्गा र बिर्तामोड मिडटाउनको जिम्मेवारी पाएको र त्यसलाई तोकिएको समयभित्र पुरा गरेर देखाउने जानकारी गराउनुभएको छ । वहाँले कोभिड संक्रमण समयबीच र कोभिडपछिको अस्त–व्यस्त समाजिक अवस्थालाई मध्यनजर गर्दै जीवन वाँच्नुको आशा जागृत गराउन आवश्यक रहेको बताउनुभयो । वहाँले समाज बदल्न रोटरी अभियानले पुरा हुने बताउनुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *