विराटनगर, २९ असार–सप्तकोसीको पुलमा बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ७-४५ को समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोकिँएका थिए। दुर्घटनामा कुनै पनि खालको मानवीय क्षति नभएको जानकारी दिँदै उनले नदीमा खसेको ट्रक हराएको बताए।
‘बसको ठूलो क्षति भएको छैन, ट्रक नदीमा बेपत्ता छ, त्यसको खोजी कार्य भइरहेको छ’, उनले भने,‘ ट्रक भित्र रहेको ३ जनालाई हामीले स्थानीयको समन्वयमा तत्काल उद्धार गरेका छौँ।’
