दमक, २९ असार–अक्षयकोष स्थापनाका लागि दमक बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) ले कोशी प्रदेशस्तरीय अन्तर कयाम्पस फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । साउन ७ गतेबाट १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेशभरीका २१ क्याम्पसले सहभागिता जनाउने आज (शुक्रबार) स्ववियु कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको अन्तर क्याम्पस स्तरीय फुटसल प्रतियोगिता सञ्चालनका लागि स्ववियु सचिव दिपक लिम्बूको संयोजकत्वमा मूल समारोह समितिसहित अन्य ६ वटा उपसमितिहरु गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा स्ववियु सभापति सोविम न्यौपानेले साउन ७ देखि १० गतेसम्म सञ्चालन गरिने फुटसल प्रतियोगितामा प्रदेशभरका कूल २१ वटा क्याम्पसहरुबाट सहभागिता रहने जानकारी दिए । फूटसल दमक (९ स्थित रणभूमि फूटसल मैदानमा हुने छ स्ववियु सभापति न्यौपानेले बताए ।

प्रतियोगितामा सहभागी हुन आउने टाढाका फुटसल टिमहरुलाई दमकमै आवासीय व्यवस्थापन समेत आयोजकले गर्ने गरि तयारी गरिरहेको मूल संयोजक तथा स्ववियु सचिव दिपक लिम्बुले बताए । उनका अनुसार यो प्रतियोगिता ऐतिहासिक महत्व राख्ने किसिमको भएकाले यसलाई दमककै शान र प्रतिष्ठाका रुपमा लिन दमकबासीहरुलाई आग्रह गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

स्ववियु दमक बहुमुखी क्याम्पसकी कोषाध्यक्ष उमा राईका अनुसार प्रतियोगिता सञ्चालनमा कूल १२ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च हुने छ । कोषाध्यक्ष राईले प्रतियोगिता सम्पन्न गर्नका लागि दमक बहुमुखी क्याम्पस, दमक नगरपालिकासहित विभिन्न यहाँका शैक्षिक तथा खेलकुदप्रेमी सरोकारवालाहरुबाट आर्थिक सहयोगको अपेक्षा राखिएको बताइन् ।

पत्रकार सम्मेलनमा स्ववियु सदस्य अब्जल सिटौला लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो । प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी र दमकका सञ्चारकर्मीहरुबीच हुने स्ववियु सभापाति न्यौपानेले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *