गौरादह, ३० असार–पौडी खेल्ने क्रममा पानीमा डुवेर झापाको गौरादहमा एक जनाको बालकको मृत्यु भएको छ ।
गौरादह नगरपालिका वडा न २ स्थित कृष्णे खोलामा पौडी खेल्न गएका स्थानीय हासखोरा निवासी १३ बर्षिय एन्जल ताजपुरियाको मृत्यु भएको हो ।
पौडी खेल्दा खेल्दै बेपत्ता भएका ताजपुरियालाई खोजी गर्नेक्रममा आज दिउँसो मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
