भद्रपुर, ३० असार–झापा गौरीगञ्ज गाउँपालिका वडा नं १ टुनु बस्तीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

गौरीगञ्ज–१ की ५५ वर्षीया सिला बुढाथोकी खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *