धरमपुर, ३० असार–झापाको शिबसताक्षी–१ धरमपुर चौकमा बुधबारका दिन सञ्चालन हुदैं आइरहेको धरमपुर हाँट बजारको विकास र व्यवसायीक प्रवर्दनमा यहाँका सरोकारवालाहरु एकजुट हुने प्रतिवद्धता जनाएका छन् ।
आज (शनिबार) धरमपुर चौकमा धरमपुर बजार व्यवस्थापन समितिले आयोजना गरेको बार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागि वडाका जनप्रतिनिधिहरु, स्थानीय व्यवसायीहरु र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।
२०७२ सालबाट धरमपुरमा बुधबारका दिन हाँट बजार लाग्दैं आएको हो । यहाँका स्थानीयहरु झिलझिले, केर्खा र दमकसम्म किनमेल र विक्रीका लागि आवत–जावत गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न धरमपुरमा बुधबारे हाँट बजार लगाउनु परेको कार्यक्रममा सहभागि बक्ताहरुले बताए ।
आजै, धरमपुर बजार व्यवस्थापन समितिको अधिवेशनले नयाँ समिति चयन गरेको छ । आगामी कार्याकालको निम्ति पुनःलीलाबहादुर जोशीको अध्यक्षतामा पाँच जना पदाधिकारी रहेको समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुवेदार देउमान चेम्जोङ, सचिवमा मोहन सेनचुउरी, सहसचिवमा दुर्गा चेम्जोङ र कोषाध्यक्षमा मिना कुमारी साही छन् । समितिको सदस्यहरु र सल्लाहकार समिति आगामी बैठकले गठन गरिने नवनिर्वाचित अध्यक्ष जोशीले जानकारी दिए ।
बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशी अध्यक्षता र शिबसताक्षी–१ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । सो अवसरमा समितिको तर्फबाट आर्थिक बर्ष २०७९।०८० को आय–व्यय समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदन सार्वजनिकपछि कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चेम्जोङले धरमपुर बजारको आवश्यक्ता र समस्यालाई सम्बोधन गर्न वडा कार्यालय र नगर कार्यापालिाकोतर्फबाट सकारात्मक पहल गरिने बताए ।
धरमपुर बजार व्यवस्थापन समितिका सल्लाहकार संयोजक तथा बुद्धिजिवी चन्द्रवीर नेम्बाङले समस्याहरुबीचमा धरमपुरमा हाँट बजार सञ्चालन हुदैं आइरहेको छ तर बजारलाई नगरपालिकाले बार्षिक कर तोकेर बजारवासीलाई अन्याय गरेको बताए । नेम्बाङले सडक पेटीमा अस्थाई प्रकृतिको टहरा बनाएर बजारमा व्यापारी–व्यवसायीलाई व्यवसाय गर्न प्रयास गरिहेको हुँदा नगरपालिकाले कर नतोक्न आग्रह गरे । उनले अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षमा नगरपालिकाले बजारबाट लिइएको करलाई २० देखि ५० प्रतिशत रकम छुट्याएर बजारको अस्थाई टहराका लागि आवश्क पर्ने बास खरिद वा मिस्त्रीका लागि ज्याला बापत खर्च गर्न नगरपालिकालाई आग्रह गरे ।
कार्यक्रममा वार्ड सदस्य तथा युवा नेता पुर्णजग चेम्जोङ, सल्लाहकार सदस्य तथा धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण थापा, सल्लाहकार सदस्य नगेन्द्र वोहोरा, सल्लाहकार सदस्य माधव भण्डारी, सल्लाहकार सदस्य चन्द्रकान्त खनाल, स्थानीयवासी सुवेदार देउमान चेम्जोङ, नामबिन इङ्गलिस स्कुलका प्रिन्सिपल प्रेम शेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उनिहरुले बजारलाई व्यवस्थित गर्न वडा कार्यालय र नगर कार्यालयको जिम्मेवारी भएको बताए । बजार व्यवस्थापन समिति बजार सञ्चालन गर्न, आगान्तुक व्यापारी, व्यवसायी, ग्राहकको शान्ति सुरक्षा र व्यवसाय प्रवर्दनमा निरन्तर लागिपरेको छ तर नगरपालिकाले त्यसको ठिक विपरितमा रहेर कर मात्रै उठाइरहनु जायज नभएको उनिहरु बताउँछन् ।
बजार व्यवस्थापन समितिका अध्यक्ष तथा व्यवसायी लीलाबहादुर जोशीका अनुसार धरमपुुर हाँट बजारको छु्ट्टै जग्गा–जमिनको अभाव छ । बजार सञ्चालनका लागि अलगै क्षेत्र नहुदाँ चौकको दायाँबायाँ सडक पेटीमा निर्मित अस्थाई टहरामा बुधबार हाँट बजार लगाउदै आइरहेको छ । त्यसोत, बजार व्यवस्थापन समितिले बजार सञ्चालनका लागि भाडाका निम्ति जमिन समेत नखोजेको होइन, अध्यक्ष जोशीले भने । बजार व्यवस्थापन समितिले जमिनको खोजी गर्न सुचना समेत प्रकाशित गर्यो तर बजारका लागि आवश्यक पर्ने पर्याप्त जमिनको अभाव भयो, अध्यक्ष जोशी बताउछन् ।
हाल, धरमपुर चौकदेखि माझी गाउँहुदै लक्ष्मी नारायण माध्यमिक विद्यालयतर्फ जोडने सडकको दायाँ–बाँया सडक पेटीमा बुधबारका दिन हाँट–बजार सञ्चालन हुदैं आएको छ ।
समितिका सचिव मोहन सेनचुउरीको सञ्चालनमा र सहसचिव दुर्गा चेम्जोङले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

