काठमाडौं, ३१ असार–बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमाल स्टेडियममा आज ९आइतबार० भएको खेलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपाल विजयी भएको हो।
नेपालको जितमा सावित्रा भण्डारी, हिराकुमारी भुजेल, दिपा शाही र अनिता केसीले गोल गरे।
गोलरक्षक अन्जना राना मगरको प्रहार बार नजिकैबाट बाहिरिँदा उनै अञ्जनाले बंगलादेशका २ जना खेलाडीले प्रहार गरेका पेनाल्टी बचाउँदा नेपाल विजयी बनेको हो।
निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
जितसँगै नेपालले गत वर्ष भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग भोगेको हारको बदलासमेत लिएको छ। यसअघि भएको पहिलो खेलमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएका थिए।
