सुरुङ्गा, ३१ असार–झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
“मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानीकारक देखिएकाले सूर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौं”, उहाँले भन्नुभयो, “कानून बनाएका छौं, भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।”

कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँको भनाइ छ । चुरोट, खैनी, गुट्खा लगायतका सूर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ । “बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ”, उहाँले भन्नुभयो, “यसले नगरको सुन्दरतामा असर पर्नुका साथै साथै फोहोर व्यवस्थापन समेत चुनौति थपिएको छ ।”

सूर्तीजन्य पदार्थबाट लाग्ने क्यान्सर लगायतका घातक रोगबाट बनाउनसमेत यस्तो निर्णय गरिएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । “पछिल्लो समय मुलुकभर नै क्यान्सर रोगीको संख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यसमा सूर्तीजन्य पदार्थको प्रयोग मुख्य कारकको रुपमा देखिएको छ ।”

नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐन बमोजिम बिक्री–वितरणकर्तालाई अधिकतम् रू ५० हजार जरिवाना तिराइने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो । त्यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम् रू पाँच हजार जरिवाना भराइने उहाँले बताउनुभयो ।

सूर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । नगरले उनीहरुसँग गरेको छफलफमा सबै दल सकारात्मक देखिएको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *