काठमाडौं, १ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।

शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो। शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरू हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

बैठक कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको उनले बताए।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।

त्यस्तै पार्टीको महाधिवेशनबारे पनि छलफल भएरहेको उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *