झिलझिले, २ साउन–धार्मीक तथा ऐतिहासिक महत्व बोकेको झापाको शिबसताक्षी–११ मा अवस्थित धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको आर्कषण बढ्दै गएको छ ।

शिबसताक्षी–११ झिलझिलेबाट उत्तर घना जङ्गल र चुरे पहाडबीच अवस्थित सताक्षीधाम पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल हो । सताक्षीधामको पहिचानको रुपमा निर्मित दिगम्बरेश्वर महादेब मन्दिरमा गजुर स्थापना गरिएको सताक्षीधाम धार्मीक तथा पर्यटन विकास समितिका उपाध्यक्ष तथा गजुर निर्माण समितिका संयोजक उदयप्रकाश राईले जानकारी दिनुभयो ।

उपाध्यक्ष तथा गजुर निर्माण समितिका संयोजक राईका अनुसार सताक्षीधामको ऐतिहासिक धार्मीक तथा पौराणिक महत्वलाई बचाउनका लागि दिगम्बरेश्वर महादेब मन्दिरमा गजुर स्थापना गरिएको हो । सताक्षीधाम परिसरभित्रकै सवै पुरानो मन्दिर समेत रहेको दिगम्बरेश्वर महादेब मन्दिरमा गजुर स्थापना भएपछि सताक्षीधामको आर्कषण बढ्ने उपाध्यक्ष राईले बताउनुभयो ।

वहाँले धेरै समयपछि आउने होस यार पहिलो पटक आउने दर्शानार्थीहरुको लागि सताक्षीधामको धार्मीक महत्व र यसका पौराणिक महिमाले थप धेरै चर्चा पाउने तर्क गर्नुभयो । गजुर निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिटै यसको कार्य पुरा गरिने भएको छ ।

सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास समितिका अध्यक्ष तुला बोखिमका अनुसार समितिको बैठकद्धारा दिगम्बरेश्वर महादेब मन्दिरमा गजुर स्थापना गर्ने निर्णय भएको र निर्माणका लागि उपाध्यक्ष राईको संयोजकत्वमा एक उपसमिति गठन गरिएको हो ।

गजुर निर्माण उपसमितिका संयोजक समेत रहनुभएका सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास समितिका उपाध्यक्ष राईले साउनको पहिलो साताभित्र गजुर निर्माण कार्यहरु स्रम्पन्न हुने र त्यसलाई विधीपुर्वक पुजापाठ गरिने बताउनुभयो । गजुर निर्माणका लागि अनुमानित रु १२ लाख खर्च हुने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *