बिर्तामोड, ४ साउन–सञ्चारिका समुहको आयोजना आजदेखि झापामा पत्रकारहरुका लागि दुई दिने तालिम शुरु भएको छ । र सञ्चारिका समूह केन्द्रीय समितिो आयोजना र झापा शाखाको संयोजनमा शुरु भएको तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाका ४० जना पत्रकारहरुको सहभागिता रहेको सञ्चारिका समूह झापाका सहसचिव मनिसा गौतामले जानकारी दिनु भयो ।
सिमान्तकृत पत्रकार महिला हरुको क्षमता विकास सम्वन्धि कार्यशालाको आज एक समारोहका बिच प्रमुख अतिथि उपसभामुख ईन्दिरा राना मगरले गमलामा पानी हालेर उद्घाटन गर्नु भएको थियो ।
सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाको सभापतित्व सम्पन्न उदघाटन सत्रमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल,,पत्रकार माहासंघ झापा अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ झापाका पुर्वअध्यक्ष कृण्ण हुमागाई, प्रेस युनियन कोशि प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, बिज्ञापन वोर्डका सदस्य पवन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिमको उदघाटन समारोहमा झापाका अग्रज पत्रकार महिला शुशिला सङ्ग्रौलालाई सञ्चारिका सम्मानबाट सम्मानित समेत गरिएको थियो । उपसभामुख मगरले पत्रकार संग्रौलालाई सम्मान पत्रले सम्मानित गर्नु भएको थियो सञ्चारिकाकी केन्द्रीय अध्यक्ष तुम्खेवाले दोसल्ला ओडाउनु भएको थियो ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश सञ्चारिका झापा अध्यक्ष लिला अनमोलले कोशी प्रदेशका पत्रकारहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । वहाँले झापामा सञ्चारिका समूह गठन भए पछि पहिलो कार्यक्रमका रुपमा प्रदेशस्तरिय आवासिय तालिमको आयोजना गरिएको जानकारी दिनु भयो । कार्यक्रमको सञ्चालन सञ्चारिका झापाकी कोषाध्यक्ष सबिना सुब्बाले गर्नु भएको थियो।
