काठमाडौं, ५ साउन–दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ।

गएराति मध्य रातमा पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर सुशिल थापा मगरले जानकारी दिए।

बलात्कारमा संलग्न वर्ष ३० का पुष्कर रोका र वर्ष २० का रेशम विकलाई बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेका छन्। उनीहरुमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको इन्सपेक्टर मगरले बताए।

वृद्धाको अवस्था भने सामान्य रहेको बताइएको छ। महिला पीडितहरुको संरक्षण संस्था गेष्ट हाउसको निगरानीमा रहेको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *