केशब चापागाईं/बिर्तामोड, ८ साउन–मुलुकको व्यवस्था फेरियो तर अवस्था ज्युँकात्युँ छ। जनताका भोको पेट शाषित वर्गबाट छट्पटाइ रहेका छन् । गरिब गरिबीमै मर्दैछन्, धनी आलिसान महलमा विलासिन छ।

सिंहदरबार गाउँ-गाउँमा छन। विकासका डंका पिटिरहेका छन् । विकाससँगै भ्रष्टाचार पनि मौलाउदो छ। तर, जनता जहाँको त्यही छन् । आज पनि जनताले श्रम गरेको पारिश्रमिक लिन आन्दोलन गर्नु पर्ने अवस्था छ । देशको अर्थतन्त्र धरासयी भैरहेको छ । व्यवसाय ठप्प जस्तै छ । यसको प्रतक्ष असरमा जनता छटपटाइ रहेका छन् ।

झापाको झापा गाउँपालिका–२ मा रहेको कुवाडीदेवी टि–स्टेटमा काम गर्ने चिया वगानका मजदुरहरुले आफुँले काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन । गत ४ महिना देखीको काम गरेको ज्याला अझै नपाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । टि स्टेटले पारिश्रमिक नदिदा जिवनयापनमा समस्या परेको उनीहरुले बताएका छन् ।

चार महिनादेखी बगानमा काम गरेको पारिश्रमिक नपाएपछी आन्दोलनमा उत्रीन बाध्य भएको मजदूर सिता माझीले बताउनु भयो । “हामी के खाएर काम गर्ने रु कसैको खेती छैन, कसैको केही छैन, हामीले कसरी काम गर्नु रु”, उहाँले भन्नुभयो ।

मालिकले पटक–पटक ज्याला दिन्छु भनेर झुक्काएको मरियम मियाँनी बताउनुहुन्छ । “पापी पेटको सवाल छ, पैसा नभए कति दिन काम गर्न सकिन्छ र”। उहाँले भन्नुभयो । मजदुरका अगुवा जगन्नाथ पौडेलले जब सम्म कामदारले पारिश्रमिक पाउदैनन तबसम्म काम ठप्प पारी आन्दोलन चलिरहने बताउनुभयो। उहाँले करिब यहाँ काम गर्ने १०० जना मजदुरले करिब ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताउनु भयो । “सुक्रबार पनी मजदुरले ५ बजे सम्म काम गर्नुभयो तर बगानले शुक्रबार पनि रकम भुक्तानी गरेन, पटक–पटक ढाँट्ने काम गर्नुभयो अब भने पारिश्रमिक नपाएसम्म काम ठप्प हुन्छ”, उहाँले भन्नुभयो ।

यता, यस विषयमा टि स्टेटका संचालक सुरेश अग्रवालले शुक्रबार भुक्तानी गर्नुपर्ने थियो तर आर्थिक वर्ष अन्त्यका कारण चेकबाट रकम निस्किन नसकेपछि भुक्तानी हुन नसकेको बताउनु भयो । “उहाँहरुलाई सोमबार, मंगलबार भुक्तानी हुन्छ भनेकै हो, तर उहाँहरु आन्दोलित हुनुभयो, यसमा मेरै दोष होल” अग्रवालले भन्नुभयो । अग्रवालले चेक सटही हुने बित्तिकै सोमबार नभए मंगलबार कामदारको पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता गर्नुभयो । झापा गाउँपालिकामा रहेको यो चियावगान करिव ३०० बिगाह क्षेत्रफलमा फैलिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *