धरान, ८ साउन–डेंगु संक्रमणका कारण बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेठ २३ गते धरान-१७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान-११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान-११ का ८० वर्षीय वृद्ध र धरान-१८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा। चुरामणि पोखरेलले बताए ।

उनका अनुसार असार २९ गते देखी साउन ७ गतेसम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको छ । बीपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ ।

धरान-११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिशतसम्म सङ्क्रमण देखिएको छ ।

प्रतिष्ठानको इमर्जेन्सी तथा ओ।पी।डी।मा उपचारका लागि आएका डेंगुका बिरामीहरूमध्ये सिकिस्त बिरामीहरूलाई आई.सी.यु., इमर्जेन्सी र अन्य वार्डहरूमा भर्ना गरेर उपचार गरिदै आएको ड.पोखरेलले बताए ।

धरानलगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लामा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज रूपमा उपचार गराउन बीपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको छ ।

स्थानीय सरकार नगरप्रमुख हर्कराज राईले धरान उपमहानगरपालिकाको डेंगुको प्रकोप रोकथामका लागि सबै वडामा अभियान सुरु गर्न लागिएको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *