काठमाडौं, ९ साउन–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गर्नुभएको छ । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गर्नुभएको हो । मन्त्री ज्वाला आगामी साउन १२ गते स्वदेश फर्किने कार्यतालिका छ ।
मन्त्री ज्वालाको अनुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई तोकिएको छ ।
