काठमाण्डौ, ९ साउन–विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको भेलाले स्वदेश फिर्ति नेपाली एकता मञ्च (रिटर्नी नेपाली युनिटी फोरम) गठन भएको हो ।
मंगलबार काठमाण्डौमा भएको भेलाले समितिको सह-संयोजकमा पेमसाङबो शेर्पा र स-चिवमा दिपेश सिंजाली मगर रहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूलाई एकीकृत गर्ने समेत निर्णय गरियो ।
