दमक, १० साउन–खेलकुद क्षेत्रको विकास र व्यवसायीकरणमा लामो समयदेखि बेलायतमा बसेर सक्रिय रहनुभएका मास्टर राष्ट्रकुमार राई गैर आवासीय नेपाली संघ युके (NRN UK) को खेलकुद संयोजकमा निर्वाचित हुनुभएको छ ।

नेपाल सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक अध्यक्ष मास्टर राई एनआरएन युके (NRN UK) को एघारौं साधारणसभाबाट युकेकको खेलकुद संयोजकमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

नेपालस्थित झापाको दमकका स्थाईवासी मास्टर राई बेलायतमा बेलायती आर्मीबाट रिटायर्डपछि तेक्वान्दो खेलको विकासमा सक्रिय छन् । मास्टर राई गैर आवासीय नेपाली संघ युके (NRN UK) का पूर्व उपाध्यक्ष हुन् ।

तेक्वान्दो खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक माष्टर राईलाई एनआरएन युकेको एघारौ बार्षिक साधरणसभाबाट बेलायत खेलकुद समितिको संयोजकमा निर्वाचित गराइएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *