काठमाडौं, ११ साउन–नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ।

मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ मात्र कम हो।

अघिल्लो दिन अर्थात् बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *