जनकपुरधाम, ११ साउन–महोत्तरीमा हतियार देखाएर दिनदहाडै बैंक लुटपाट गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार छन्।

उनलाई बुधवार मटिहानी नगरपालिका-८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

उनीविरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको छ। जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्न सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको उनले बताए।

लुटपाटमा संलग्न अन्य पाँच जनाको परिचय खु्ल्यो

डिएसपी गिरीका अनुसार उनीसँगको सोधपुछपछि लुटपाटमा संलग्न अन्य ४/५ जना व्यक्तिहरूको समेत पहिचान खुलेको छ। प्रहरीले उनीहरूको परिचय गोप्य राखी खोजी कार्यलाई तीव्रता दिएको डिएसपी गिरीले जानकारी दिए।

गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित रहेको एनएमबी बैंकको शाखामा दिउँसै हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेर फरार भएका थिए।

लुटेरा समुह नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकलमा चढेर आएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *