दमक, ११ साउन–खस क्षेत्र युवा मञ्च केन्द्रिय समितिले आज (विहिबार) झापाको दमकमा कालो झण्डासहित मोटरसाइकल र्याली निकालिएको छ ।
कोशी प्रदेश नामकरण विरुद्ध अभियानमा लामो समयदेखि आन्दोलनरत खस क्षेत्री युवा मञ्चले दमकमा कालो झण्डासहित मोटरसाइकल र्याली निकालिएको हो । सो क्रममा खस क्षेत्री युवा मञ्चले दमक–९ मा अवस्थित दमक सभागृहलाई फाल्गुनन्द सभा गृह र दमक २ मा निर्माणधिन भ्यु टावरलाई शहिद लाजेहाङ भ्युटावर नामककरण गरिएको छ ।
खस क्षेत्री युवा मञ्चका केन्द्रिय अध्यक्ष अशोक घिमिरेका अनुसार कोशी प्रदेश नामकरण विरुद्धको अभियानमा खस क्षेत्री युवा मञ्चले दमकमा कालो झण्डासहितको वृहत मोटरसाइकल र्याली निकालिएको हो । अध्यक्ष घिमिरेले प्रदेश १ पूनः नामकरण सघर्ष समितिको आन्दोलनप्रती खस क्षेत्री युवा मञ्चले साथ–समर्थनका लागि बिहिबार दमकमा युवाहरुले मोटरसाइकल र्याली निकालिएको बताए ।
दमक चौकबाट सुरु भएको मोटरसाइकल र्यालीले गणतन्त्र चौक, दमक–९ मा अवस्थित दमक सभागृहमा पुगेर फाल्गुनन्द सभा गृहको बोर्ड टास्नुका साथै दमक–२ मा निर्मााण्धिन भ्यूटावरलाई शहिद लाजेहाङ भ्युटावर नामकरण गरिएको हो ।
यता, र्यालीपछि दमक चौकमा आयोजित सभामा किरात राई विद्यार्थी झापाका अध्यक्ष तथा पहिचानवादी नेता मिलन रुम्दाली राई, धिमाल जाती विकास केन्द्रका उपाध्यक्ष केदार धिमाल र खस क्षेत्री युवा मञ्चका केन्द्रिय अध्यक्ष अशोक घिमिरेले कोशी प्रदेश विरुद्ध सडकमा आउनु परेको बताएका थिए ।
