काठमाडौं, १३ साउन–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार काण्डको जरासम्म पुगेर अनुसन्धान गर्नेमा आशंका रहेको बताएका छन्।
भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले त्यसैले आफूहरूले निरन्तर खबरदारी गरिरहेको बताए।
‘भन्नलाई सरकारले ललितानिवास, सुनकाण्ड, नक्कली भुटानी शरणार्थी फाइल खोल्यौं भन्ने तर दुई चार पाना मात्रै पल्टाएर छोड्ने काम गरिरहेको त छैनरु खबरदार १ हामी नजिकबाट हेरिरहेका छौं । कुनै पनि काण्डको जरासम्म नपुगे संसद र जनमानसमा खरो रुपमा उपस्थित हुन्छौ।’ लामिछानेले भने,‘हामी सुन तस्करीको मालिक हेर्न बसेका छौं। जुन ढंगले सुन आएको छ त्यो हेर्दा त मालिक सानोतिनो होइन धेरै ठूलो मालिक जस्तो लागेको छ। धेरै ठूलो मालिक देख्ने बित्तिकै सरकार फेरि अर्को फाइल खोल्न लाग्ने हो कि भन्ने शंका छ।’
उनले सुन बरामद गर्दा मालिकसम्म नपुगी भरियालाई पक्राउ गरिनुले शंका बढाएको पनि बताए।
‘सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ, सुनको भारी बोकेको ट्याक्सी बाटोमा समाइयो, मालिकसम्म लान्थ्यो होला नि१ कुनै गन्तव्यमा जाँदै थियो होला’, लामिछानेले भने,‘जसले सूचना दियो उसले ट्याक्सी बाटोसम्म मात्रै लान्छ त भनेको थिएन होला, त्यहाँदेखि कहाँसम्म पुर्याउँछ सबै भनेको होला । बीच बाटोमा भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ।’
