दमक, १३ साउन–छोटो समयमै जीवन बीमा कम्पनीहरुबीच अब्बल र व्यवसायीक चर्चा बटूल्न सफल आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले छैठौं वर्ष गाठ मनाएका छन् ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी काठमाण्डौंस्थित केन्द्रिय कार्यालयसहित देशभरका शाखाहरुले आज (शनिबार) छैठौं वार्षिकोत्सवमा विभिद औपचारिक तथा अनौपचारिक कार्यक्रमसहित खुसीयाली साटासाट गरी मनाएका छन् ।
वार्षिकोत्सवको अवसरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत कोशी प्रदेशभरीका शाखा कार्यालयहरुले संयुक्त कार्यक्रमको आयोजना गरी धरान-भेडेटारमा वृहत वृक्षरोपण गरेका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ राईको नेतृत्वमा धरानस्थित भेडेटारमा आयोजित वृक्षारोपण अभियानमा सहभागिता जनाएकी आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखाकी चिफ एजेन्सी मेनेजर मनु साङपाङले बताईन् । साङपाङकी अनुसार एक हजार बढी विभिन्न जात र प्रजातीका विरुवाहरुसहित आइएमई लाईफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेश भरीका शाखा कार्यालयहरुबाट एक टोली धरानस्थित भेडेटारमा आयोजित बृक्षारोपण कायर्mममा सहभागिता जनाएको हो ।
वृक्षारोपण कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख मिलन दाहाल, उपप्रमुख ओमकुमार राईसहित दमक शाखाको तर्फबाट शाखा प्रमुख ङिमा शेर्पा, शाखा अन्डरराइटर अस्मिता आपागाई सहित एजेन्सि मेनेजरहरु सबिना पौडेल, दिपा सम्बाहाम्फे, रेखा राई, पुनम सुब्बा,शान्ता लिम्बु, सम्झना राई, दुर्गा सुन्दास, शान्ता खनाल, संगिता आङ्थुपो, प्रदिका चेम्जोङ, विनु कार्कि,क्रिष्टिना खड्का, शुरेस राई, रेश्मा नेम्बाङ, अर्गेन राई, विधा राई, सिता मादेन, सजन राई लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी पथरि शाखाबाट शाखा प्रमुख चन्द्र कुमार राई सहित एजेन्सि मेनेजरहरु अवतार राई, चन्द्र प्रसाद लिम्बु, सलिना योन्जन, निर्मला बस्नेत, श्रुति देवी राई, जुनु तामाङ, रमिला पोखरेल, रोजिना गुरुङ, सम्झना राई लगायतको सहभागीता थियो । त्यस्तै, भद्रपुर, विर्तामोड, इटहरि, धरान, तरहरा, झुम्का सहितको शाखाहरुबाट सहभागिता रहेको थियो ।
