दमक, १४ साउन–नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बुवान प्रान्तीय समिति नेपाल गठन गरेको छ । पार्टीको दमकमा शनिबार भएको भेलाले १४ बुँदे प्रस्ताव पारित गर्दै भूपेन्द्र मावोको अध्यक्षतामा ५९ सदस्यीय प्रान्तीय समिति गठन गरेको हो ।

प्रान्तीय समिति गठनबारे आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । समितिको उपाध्यक्षमा डा रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा.चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिवमा जीतबहादुर राई र योवाहाङ तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै, सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसपी सोदेम्बा रहेका छन् ।

दमकमा शनिबार पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अम्बरबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा गठन भएको पार्टीका केन्द्रिय सचिवालय सदस्य धनबहादुर पन्धाकले जानकारी दिए ।

लिम्बुवान प्रान्तीय समितिले पारित गरेको प्रस्तावमा पहिचानविहीन कोशी नामाङ्कन खारेज गरी पहिचानमा आधारित पुनः नामाङ्कन, पहिचान आन्दोलनका शहिद लाजेहाङको परिवारलाई क्षतिपूर्ति, पहिचानको आन्दोलनका क्रममा घाइते भएकालाई उपचार खर्च उपलब्ध, आन्दोलनका क्रममा लगाएका झुट्टा मुद्दा खारेज गर्न माग गरेको छ ।

त्यस्तै, संघीयताको मर्म अनुसार केन्द्रिय सरकारमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरी सुशासनको प्रत्याभूति हुने गरी प्रदेश सरकारलाई अधिकार सम्पन्न, धर्मनिरपेक्ष राज्य संस्थागत गरी, सर्वधर्म समभाव एवम् एकात्मक जातीवादी राज्य संरचनाबाट संघीय लोकतान्त्रिक राज्य संरचना अनुसारको सामाजिक संरचना निर्माण गर्ने लगायत १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

पार्टीका केन्द्रिय सदस्य पन्धाकको संघीयता मोडल कमिङ टु गेदर हुनुपर्नेमा होल्डीङ टु गेदर भएकाले सात प्रदेश वैज्ञानिक नभएको बताए । उनले वैज्ञानिक प्रादेशिक संरचनाका लागि १०ं१ अवधारणा पार्टीले अघि सारेको बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला संयुक्त संघर्ष समिति, नागरिक ससक्तीकरण जागरण अभियान र नागरिक उन्मुक्ति पार्टी बिच गत बैशाख १८ गते विराटनगरमा समाहित भएर नागरिक उन्मुक्ति पार्टी ९एकीकृत० भएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य चेन्जी मावो, प्रान्तीय समितिका सदस्य बिशाल चाम्लिङलगायतको समेत उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *