काठमाडौं, १५ साउन–नेकपा (एकीकृत समाजवादी) ले पूर्वनिर्धारित बैठकहरू सारेको छ। सचिवालयको बैठक साउन १९ गते बिहान ८ बजेका लागि तय भएको पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुुसार सचिवालय बैठक कीर्तिपुर, चम्पादेवीपस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्ने छ। स्थायी कमिटी बैठक आगामी साउन २० र २१ गते पार्टी कार्यालयमा तय भएको छ।
स्थायी कमिटी बैठक २० गते बिहान ११ बजेबाट सुरू हुने खतिवडाले जानकारी दिए। यस्तै, पोलिटब्युरो बैठक भदौ ३ र ४ गते बस्ने छ।
भदौ ३ गते बिहान ११ बजेबाट सुरू हुने पोलिट्ब्युरो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ र केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गतेलाई तय भएको छ। केन्द्रीय कमिटी ललितपुरको, बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बस्ने पनि उनले जानकारी दिए।
बैठकमा तहगत कमिटीका इन्चार्जहरूले रिपोर्टिङ प्रस्तुत गर्ने छन्, त्यस्तै अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने छ।
यसैगरी समसामयिक परिस्थिति र पार्टीको कार्यभारबारे छलफल हुने पनि उनले बताएका छन्।
