काठमाडौं, १५ साउन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आइतबार बिहान ९ बजे पनि छलफल भएको थियो।
आज पनि त्यसैको निरन्तरता भएको अध्यक्ष ओलीका प्रेस सहयोगी रामशरण बजगाइँले जानकारी दिए।

यसैबीच प्रधानमन्त्रीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाउने तयारी गरेका छन्। भोलि बस्ने परिषद्को बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी छ।

नयाँ प्रधानन्यायाधीश सिफारिसमा संविधानको उल्लंघन भएको छ। संविधानमा प्रधानन्यायाधीशको पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ सिफारिस गर्नुपर्ने व्यवस्था छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० मा सकिँदै छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *