काठमाडौं, १६ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरू इमान्दार नबन्दा देशमा धेरै समस्या उत्पन्न भएको बताएका छन्।

मंगलबार विद्यार्थी सम्मानसम्बन्धी एक कार्यक्रममा अध्यक्ष नेपालले नेताहरू इमान्दार नबन्दा देशमा अनेकौं समस्या उत्पन्न भएको बताएका हुन्।

‘हाम्रो देशमा धेरै समस्या छन्, तीमध्ये पहिलो समस्या भनेको हामी सबै बन्नुपर्ने जति ईमान्दार बनेका छैनौं। हामी देश बनाउने भावनाले ओतप्रोत भएका छैनौं, देश र जनतालाई भन्दा आफूलाई केन्द्रविन्दुमा राखेका छौं,’ उनले भने।

उनले देशको सार्वभौमसत्तामा आँच आउने खालका काम नेपालीलाई स्वीकार्य नहुने बताए। जनतामा भेदभाव, अत्याचार र थिचोमिचो भयो भने देशको प्रगति हुन नसक्ने उनको भनाइ थियो।

नेता नेपालले देशको संविधान धेरै मिहिनेतपछि बनेको भन्दै नेपालको संविधान कार्यान्वयनमा समस्या भएको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *