दमक, १७ साउन–झापाको दमकमा आज (बुधबार) आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३ प्रिन्ट रगत संकलन भएको छ ।
दमक नगर इसाई समाजले २८औं स्थापना दिवस तथा दोस्रो बार्षिक साधारणसभाको अवसर पारेर आयोजना गरिएको ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रममा १ सय २ प्रिन्ट रगत संकलन भएको हो । रक्तदान कार्यक्रममा ३३ महिलाले सहभागिता जनाएका थिए ।
दमकस्थित वर पिपल चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन दमक नगर प्रमुख राम थापाले गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि थापाले दमक नगर इसाई समाजले २८औं स्थापना दिवस तथा दोस्रो बार्षिक साधारणसभाको अवसरमा आयोजित ४४औं रक्तदान कार्यक्रमलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो । दमकमा इसाई समाजको स्थापना भएको २८ वर्ष पुगेको सुखद अवसरमा सहभागिहरुलाई बधाई तथा शुभकामनाका शन्देसहरु व्यक्त गर्नुभएको थियो ।
पाष्टर थुलुङले सो अवसरमा दमक नगर इसाई समाजले दमकमा संस्थागत ढंङ्गले प्राकृतिक प्रकोप, बाढी, आगलागी, भुकम्प, विपती, महामारी, रोग संक्रमण नियन्त्रण र न्यूनिकरण, सरसफाई, बढ्दो लागु औषधको प्रयोग र त्यसको निन्त्रण सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभएको थियो ।

रक्तदान कार्यक्रममा इसाई समाजका अगुवा मुक्ति किराती थुलुङ, दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राई, जीवन चक्र समाज नेपालका अध्यक्ष तथा सामाजिका अभियान्ता गणेश प्रसाद गौतम, होटल व्यवसायी संघका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने, पाष्टर कुमार तामाङ, पाष्टर डिके बेघा, पाष्टर दावा शेपा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक जीवन गौतम, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, समाजका उपाध्यक्ष पाष्टर हेमन्त सु्ब्बा, सचिव पाष्टर अजय पाठक, सहसचिव सुरज लिम्बू, कोषाध्यक्ष दिपेन्द्र नेम्बाङ, पत्रकार गोविन ल्वागुन, पत्रकार जयकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागले रक्तदानमा प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई संस्थाको तर्फबाट मायाको चिनो फूलको विरुवा वितरण गरिएको थियो ।

यता, समाजले आफ्नो २८ बार्षिकोत्सव तथा दोस्रो वार्षिक साधारणसभाको अवसर पारेर दमकमा भोली बिहिबारदेखि दुई दिने अन्तर इसाई समाज फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । दमक ५ गोर्खाली टोलको फुटसल खेल मैदानमा हुने फुटसल प्रतियोगितामा कोशी प्रदेशभरीका १६ वटा टिमको सहभागिता रहने भएको छ ।
दमक नगर प्रमुख राम थापाले उद्घाटन गर्ने फुटसलको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य केशव बिष्टले पुरुस्कार वितरण गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा बिजेताले टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल, ट्रफि र शिल्ड हात पार्ने भएको छ ।
त्यस्तैं, प्रतियोगिताका लागि मूख्य प्रायोजक कर्नर स्टोन फाउन्डेसन दमकले गर्ने भएको छ । प्रतियोगितामा उपबिजेता टिमका लागि पुरुस्कार हार्भेष्ट सामुदायिक सेवा नेपालबाट र सान्तवना पुरुस्कारका लागि ग्रीन-वे एजुकेशनल एकेडेमी दमकले उपल्ब्ध गराउने भएको छ ।

