काठमाडौं, १७ साउन–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। शपथ लिएलगत्तै उनले तीन मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका छन्। गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *