केर्खा (कमल), १७ साउन–झापाको कमल गाउँपालिका केर्खा चौकमा अवस्थित ट्राफिक प्रहरी पोष्ट केर्खाले स्थानीय सरोकारवालाहरुसंगको सहकार्यमा जनचेतना मुलक होडिङ्ग वोर्ड राख्ने कार्य सुरु गरिएको छ ।

ट्राफिक प्रहरी पोष्ट केर्खाको अनुरोधमा तथा एन्टिक्यु सप्लायर्स एण्ड ट्रेडर्सको सौजन्यमा हेल्मेट किन ? र ओभरटेक गर्ने तरिका सम्बन्धी जनचेतना मुलक सन्देश लेखिएको होडिङ्ग वोर्ड राखिएको हो ।

जनचेतना मुलक सन्देशहरुसहितको वोर्ड केर्खास्तित मूख्य राजमार्गमा राखिएको हो । प्रहरी चौकी केर्खा र ट्राफिक प्रहरी पोष्ट केर्खाको अगाडी राखिएको बोर्डमा सवारी चालक, यात्रुहरु र सर्वसाधारण नागरिकलाई लक्षित गरिएका सन्देशहरु रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक रोहित थापाले जानकारी दिनुभयो ।

अंग्रेजी शब्द हेल्मेटको अर्थ अनुसार चालकले आफ्नो टाउको, कान, ओठ, मुख, आँखा र दाँत लगायको सुरक्षाकालागी हेल्मेट अनिवार्य प्रयोग गर्नु पर्ने बोर्डमा उल्लेख गरिएको छ ।

त्यस्तै, ओभरटेक गर्दा पनि साईड दिने सवारी साधनले बायाँतर्फको साईड लाईट बालेर मात्र आफ्नो सवारीको गति घटाउनु पर्छ भने ओभरटेक गर्ने सवारी साधनले दायाँ तर्फबाट साईड लाईट बाल्दै ओभरटेक गर्नुपर्ने हुन्छ भने ओभरटेक गरी सकेपछी बायाँ तर्फको साईडलाईट बाल्दै पुनःआफ्नो लेनमा आएर अगाडी बढ्नुपर्ने वोर्डमा उल्लेख गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *