दमक, १८ साउन–दमक नगर इसाई समाजले कोशी प्रदेशकै पहिलो पटक आयोजना गरेको अन्तर इसाई समाज फुटसल प्रतियोगिताको एक समारोहबीच उद्घाटन गरिएको छ । दमक–५ गोर्खाली टोलमा अवस्थित फुटसल क्लबमा आयोजित अन्तर इसाई समाज फुटसल प्रतियोगिताको उद्घाटन आज (विहिबार) दमक नगर प्रमुख राम थापाले गर्नुभएको छ ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा र नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा फुटसल प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गनुर््हुदै नगर प्रमुख थापाले दमक नगर इसाई समाजले स्थापनाकालदेखि दमकमा विभिन्न समय र अवसर पारेर सामाजिक सेवामा गरिरहेको योगदानको चर्चा गर्नुभयो ।

सो क्रममा नगर प्रमुख थापाले दमक नगर इसाई समाज स्थापना भएको २८औं वर्ष थत दोस्रो वार्षिक साधारणसभाको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तैं, कार्यक्रममा पाष्टर राजकुमार नाछिरिङ राईले मन्तव्य राख्नुभएको थियो ।

फुटसलको उद्घाटनको अवसरमा नगर प्रमुख थापाले प्रदेश स्तरीय फुटसल प्रतियोगिताले दमकको खेल क्षेत्रको शान र परिचय थप बढ्ने आशा व्यक्त गर्नुभयो । वहाँले यस प्रकारको खेल र आयोजनाले दमकको विकासमा मद्यत पुग्ने र दमकको खेलकुद पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो ।

आज (बिहिबार) र भोली (शुक्रबार) सम्म सञ्चालन हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २० हजार, उपबिजेता टिमले नगद रु १५ हजार र तेस्रो तथा सान्तवना पुरस्कार नगद रु ५ हजारसहित मेडल, ट्रफि र शिल्ड हात पार्ने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *