दमक, १८ साउन–झापाको दमकमा आज (विहिबार) देखि सञ्चालन भएको दमक नगर इसाई समाजले आयोजना गरेको प्रदेश स्तरीय अन्तर इसाई समाज प्रथम फुटसल प्रतियोगिताको आजको पहिलो चरणको खेलमा ५ टिम विजेता बन्दै दोस्रो चरणको खेल खेल्ने भएका छन् । दमका–५ गोर्खाली टोलस्थित फुटसल क्लबमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दमक इसाई समाज (ए) र विसिएफ बेलडाँगीबीचको खेलमा ४ का विरुद्ध ११ गोल अन्तरले दमक नगर इसाई समाज (ए) बिजयी भएको छ ।

त्यस्तैं, बिर्तामोड इसाई समाज विरुद्ध मिक्लाजुङ मधुमल्ला इसाई समाजबीचको खेलमा बिर्तामोड इसाई समाज बिजयी भएको छ । उसले ३ का विरुद्ध ९ गोल गर्दै बिजेता बनेको हो । युसिएफ समाज ० विरुद्ध चुलाचुली इसाई समाज इलामले ६ गोल गर्दै पहिलो चरण पार गरेको छ ।

धरान ख्रीष्टीयन इसाई समाज विरुद्ध कनकाई इसाई समाज झापाबीचको खेलमा धरान ख्ीष्टीयन इसाई समाज विजयी भएको छ । उसले २ का विरुद्ध ११ गोल गरेको थियो ।

यता, आजै आयोजक दमक नगर इसाई समाज (वी) र इटहरी इसाई समाज सुनसरीबीचको खेलमा आयोजक दमक नगर ईसाई समाज विजयी भएको छ । आयोजक दमक नगर इसाई समाजले ० का विरुद्ध ६ गोल गरेको थियो । ्

त्यस्तैं, आजनै दोस्रो चरणको खेलतर्फ विर्तामोड इसाई समाजलाई २ का विरुद्ध ३ गोल गर्दै आयोजक दमक नगर ईसाई समाजले सेमिफाइनलको बोटो तय गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमित्र २–२ गोल भएपछि १० मिनेटको निर्धारित समयका लागि खेल खेलाइएको थियो । सो खेलको अन्तिम समयमा आयोजक दमक नगर ईसाई समाजले आर्कषक गोल गर्दै सेमिफाइनलको बाटो तय गरेको हो ।

दोस्रो चरणको आजै सम्पन्न खेलमा पाँचथर मिक्लाजुङ इसाई समाज बिजेता बनेको छ । उसले इलाम चुलाचुली इसाई समाजलाई २ का विरद्ध ४ गोल गर्दै मिक्लाजुङ विजेता बनेको हो ।

सो प्रतियोगितामा बिजेताले टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल, ट्रफि र शिल्ड हात पार्ने छन् । प्रतियोगितामा कोशी प्रदेशभरीका १६ वटा टिमले सहभागिता जनाएका थिए ।

दमक नगर इसाई समाजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभाको अवसरमा आजदेखि दुई दिने अन्तर इसाई समाज फुटसल प्रतियोगिता सञ्चालन गरेको हो । हिजो (बुधबार) दमक चौकमा दमक नगर इसाई समाजले ४४औं खुल्लाव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो रक्तदानमा ३३ महिलासहित १०३ जनाले रक्तदान गरेका थिए ।

यसअघि, आज विहान दमक नगर प्रमुख राम थापाले फुटसल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख थापाले फुटसल खेलको विकास बढ्दो अवस्थामा रहेको बताउँदैं दमक नगर इसाई समाजद्धारा फुटसल प्रतियोगिताले दमकको खेल क्षेत्रको शान र परिचय थप बढ्ने आशा व्यक्त गर्नुभयो । वहाँले यस प्रकारको खेल र आयोजनाले दमकको विकासमा मद्यत पुग्ने र दमकको खेलकुद पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *