जाजरकोट, १९ साउन–जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।

हिजो बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिaल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।

यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *