दमक, १९ साउन–झापाको दमकमा आज (शुक्रबार) सम्पन्न प्रथम दमक नगर इसाई समाज प्रदेश स्तरीय फुटसल प्रतियोगिताको उपाधी सुनसरीको धरान ख्रीष्टियन समाजले कब्जा गरेको छ ।
दमकस्थित गोर्खाली टोलमा भएको फाइनल खेलमा मोरङको मिक्लाजुङ (मधुमल्ला) इसाई समाजलाई ४ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै धरान ख्रीष्टिनय समाजले कोशी प्रदेश स्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिताको उपाधी कब्जा गरेको हो ।
प्रतियोगिताको उपाधीसहित धरान ख्रीष्टियन समाजले नगद २० हजार, मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता मोरङ मिक्लाजुङ (मधुमल्ला) इसाई समाजले नगद १५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तैं, तेस्रो चरणका लागि सेमिफाइनल खेलमा धरान ख्रीष्टियन समाजसंग पराजित दमक इसाई समाज (ए) र मिक्लाजुङ मधुमल्ला इसाई समाजसंग पराजित दमक नगर इसाई समाज (बि) बीच खेल सम्पन्न भएको थियो । जसमा आयोजक दमक नगर इसाई समाज (बी) ले आयोजक दमक नगर इसाई समाज (ए) लाई ४ का विरुद्ध ७ गोलले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेका थिए । तेस्रो स्थान प्राप्त गर्ने दमक नगर इसाई समाजले नगद पुरुस्कार वापत नगद ८ हजारसहित मेडल, प्रमाणपत्र, शिल्ड प्राप्त गरेका थिए ।

फाइनल खेल सुरु हुनु अघि ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुबीच मैत्रीपूर्ण को खेल सम्पन्न भएको थियो । सो क्रममा धरान इसाई समाजले दमक नगर इसाई समाजलाई हराएको थियो ।
त्यस्तैं, सेमिफाइनल खेलतर्फ मेन अफ द म्याच दोस्रो धरान ख्रीष्टियन समाजका सुमन राई हात पारेका छन् । सेमिफाइनतर्फ मेन अफ द म्याच पाउने खेलाडीम दमक नगर इसाई समाजका सुरज लिम्बु घोषित भए ।
बेष्ट गोल किपरमा चुलाचुली इसाई समाजका सुमन राई, हाइस्कोरतर्फ धरान ख्रीष्टियन समाजका सञ्जय राई पुरस्कृत हुदाँ अनुशासित खेलाडीमा मिक्लाजुङ इसाई समाजका इसाक लिम्बु र वेष्ट मेनेजर अफ टुनामेन्टका धरान ख्रीष्टियनका संजय राई घोािषत भएका छन् ।
यता, प्रतियोगितापछि आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल खेलकुद महासंघका अध्यक्ष केशव विष्टले बिजेता, उपबिजेता र तेस्रो हुने टिम र खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका राखेपका पूर्व सदस्य सचिव विष्टले बढ्दो सहरीकरणसंगै स्वास्थ्य जीवन यापनका लागि फुटसल खेल खेल्न पहिलो रोजाईमा पर्ने बताउनुभयो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा सम्पन्न फाइनल खेलपछि पुरुस्कार वितरण समारोहमा बोल्नुहदैं राखेपका सदस्य सचिव विष्टले इसाई समाजले आफ्नो स्थापना दिवसको २८औं वर्षमा पुगेको अवसरमा आयोजना गरिएको फुटलल खेलको विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा दमक–५ का वडा अध्यक्ष इन्द्रवहादुर गुरुङले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

