दमक, २० साउन–झापा जिल्ला तेक्वान्दो संघले दमकमा आज (शनिबार) एक दिने स्पेसल क्लोज क्याम्प सम्पन्न गरेको छ । नेपाल सगरमाथा तेक्वान्दो दोजाङले व्यवस्थापन गरेको स्पेसल क्लोज क्याम्पमा १२ जना सिनियर खेलाडीहरु सहभागि थिए ।

दमक–५ हरिओम कोलनीस्थित सर्वोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको स्पेसल क्लोज क्याम्पमा खेलाडीहरुका लागि प्राविधिक ज्ञान र सीप सम्बन्धी तालिम प्रदान गरिएको हो । नेपाल सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालका अनुसार जिल्ला तेक्वान्दो संघ झापाको कार्यक्रम तालिका बमोजिम दमकका सिनियर खेलाडीहरुका लागि क्लोज क्याम्प आयोजना गरिएको हो ।

क्लोज क्याम्पमा जिल्ला तेक्वान्दो सघ झापाका सिनियर प्रशिक्षक एबम् पुर्व अन्तराष्ट्रिय खेलाडी जीतेन्द्र मेचेले प्रशिक्षण गर्नुभएको छ । प्रशिक्षक मेचेका अनृुसार खेलाडीहरुले खेलमा कसरी प्रर्दशन गर्ने, राम्रो अंक कसरी ल्याउने र प्रतिस्पर्धीलाई जीत्ने विषयमा प्राविधिक सीप सिकाइएको छ ।

हाल, दमकमा नेपाल सगरमाथा तेक्वान्दो दोजाङले एक दर्जन विद्यालयमा तालिमहरु सञ्चालन गरिरहेको अध्यक्ष जीतु धिमालले जानकारी दिनुभयो । वहाँका अनुसार दमक बाहेक छिमेकी पालिकाहरुमा समेत तालिम सञ्चालनका लागि आवश्यक प्रकृयाहरु भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *