दमक, २५ साउन–झापाको दमकबाट आज (विहिबार) प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दम्पत्ती पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दमक–३ घर भई हाल दमक– १ मा डेरा गरी बस्दै आएका २७ वर्षीय राजु बुढाथोकी र उनकी श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा (बुढाथोकी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा १ ग्राम ब्राउन सुगर, डिजिटल तराजु थान १ र २ थान मोबाइल बरामद गरेको थियो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
