कनकाई (सुरुङ्गा), २५ साउन–झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा आज दिउँसो खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका अढाई वर्षीय छोरा अनमोल जोगीको भैसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्ने क्रममा दुबै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताउनुभयो ।

दुबै घरका अभिभावहरु काम गर्न अन्यत्र गएको र ती बालबालिका खेल्नेक्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । बालबालिका डुबेर मृत्यु भएको गाउँमा थ्रोत्रा सामग्री संकलन गर्न हिँड्नेहरुले देखेर स्थानीयलाई खबर गरेका थिए । दुबै बालबालिकाको मृत्युपछि अहिले कनकाई नगरपालिका–१ स्थित सिर्जना टोल शोकमा डुबेको छ ।

मृतकमध्ये जोगीका बुबा प्रकाश फेरि लगाउन अन्यत्र जिल्ला बाहिर गएको तथा भुजेलका बाबु विजय दाउरा खोज्न तथा आमा भने कामका लागि अन्यत्र गएको बेला उक्त घटना भएको वडा अध्यक्ष सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *