काठमाडौं, २७ साउन–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन्।

देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेका थिए। देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन।

शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको बताएका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मा पक्राउ परेपछि सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसलाई टार्गेट गरेको आशंका व्यक्त गरेका थिए।

सभापति देउवाले भने यस विषयमा बोलेका छैनन्।

कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *