झिलझिले, २७ साउन–अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर याक्थुम युवा मञ्चले झापाको झिलझिलेमा ‘पहिचान र अस्तित्व विषयक’ अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–८ झिलझिलेस्थित युङ्गी होटलमा आज (शनिबार) अन्तरकृया कार्यक्रममा सहभागि बक्ताहरुले राज्यविहिनताकोस्थितबाट उत्पीडित आदिवासीहरुको भूगोल, सभ्यता र ऐतिहासिक पक्षलाई समावेश नभएसम्म ‘पहिचान र अस्तित्व’को आन्दोलन जारी रहने बताएका छन् ।

याक्थुम युवा मञ्च झापाका अध्यक्ष प्रताप (देबीबहादुर) निङलेकुको अध्यक्षतामा र नेपाली कांग्रेस झापाका पुराना नेता सन्तोष कुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा सहभागि बत्ताहरुले वर्तमान राजनीतिक विकासले पहिचानको आन्दोलन र मुद्याहरु कमजोर बनाउदै लगिरहेको भन्दै चिन्ता प्रकट गरेका थिए । उनीहरुले उत्पीडित जाती, बर्ग र समुदायको आवाजलाई गलत व्याख्या गरेर पहिचान र अस्तित्वको विषयलाई विषयान्तर गर्ने राजनीतिक दलको कार्यप्रती आक्रोस व्यक्त गरेका थिए । यो भूमी आफ्नो बाबुको विर्ता नठान्न अन्तरकृया कार्यक्रमका सहभागि बक्ताहरुले आग्रह गरे ।

कार्यक्रममा बक्ताहरुले पहिचान र अस्तित्वको आन्दोलनप्रती संकिर्ण सोचाई वा साघुरो मानसिकताबाट मुक्त रहन समेत जोड गरेका थिए । राज्य निर्माण र पूर्नसंरचनामा आदिवासी जाती वा समुदायको योगदान हिजोदेखि हालसम्म महत्वपूर्ण रहेको भन्दै कार्यक्रमका बत्ताहरुले समावेशी र समानुपातिक ढंगले प्रदेशको नामकरण गरिनु अहिलेको मुख्य विषय भएको बताएका थिए ।

कार्यक्रममा किरात याक्थुम मञ्चका केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्गो, किरात याक्थुम चुम्लुङ शिबसताक्षीका अध्यक्ष वीरबल जवेगु, याक्थुम युवा मञ्चका केन्द्रिय उपमहासचिव मनकुमार आङदम्बे, रङ्गकर्मी तथा आदिवासी जनजाति लेखक बिक्रम वनेम फागो, पहिचानवादी कवि साङसेन पन्धाक, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, किरात याक्थुम चुम्लुङ भद्रपुर उपाध्यक्ष सुनिता लामा सुहाङ, याक्थुम युवा मञ्च झापाकी सदस्य दिब्यकला थेबे, सहकारीकर्मी सन्त शेर्मा लिम्बु लगायतले आ–आफ्नो बिचार राखेका थिए ।

कार्यक्रम सञ्चालन हुनु अघि याक्थुम युवा मञ्चका झापा अध्यक्ष प्रताप (देबीबहादुर) निङलेकुले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरकृया कार्यक्रम अयोजना गरिएको र कार्यक्रमले वर्तमान समयमा उठिरहेको पहिचान र अस्तित्वको आन्दोलनका बारेमा छलफल गर्न सकिने बताएका थिए ।

सो कार्यक्रमको सहजिकरण याक्थुम युवा मञ्च झापाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक प्रेम शेर्माले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *