काठमाडौँ, २७ साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ।

सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट महासंघलाई किन समावेश नगरेकोरु भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नु भएको छ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएकोसमेत बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी सरकारसँग पनि संघर्ष गर्छौं। अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन। किन नगरिएको होरु म सरकारसँग प्रश्न गर्न चाहन्छु। यदी हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्‍यो। होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागिरु’

उहाँले अगाडि भन्नुभयो,‘म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु। सबै खेलाडीहरू उत्साह र उमङ्गका साथ यो क्षेत्रमा लाग्नुस्। र, आफ्नो संगठनलाई बिस्तार गर्नुस्। जनतालाई व्यापक रूपले गोलबन्द गर्नुस्। खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ।’

त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरूलाई उत्साहका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गर्नु भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *