दमक, २८ साउन–झापाको दमकमा ब्राउनसुगर र नगदसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं। २ भाङवारी बस्ने २३ वर्षिय पुजन दुलाल र वडा नं ७ क्षितिज टोल बस्ने २१ वर्षिय सचिन मगर रहेका छन् ।

गएराति ९।३० बजेको समयमा दमक नगरपालिका वडा नं २ भाङबारी बस्ने दुलालको घर कोठामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दुलाल र मगरलाई शरीर तथा कोठा तलासी गर्दा उनीहरु बसेको कोठाबाट ४ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर,डिजिटल तराजु १ थान, मोवाईल ३ थान र नगद १ लाख २३ हजार ९०० फेला पारेको थियो ।

दुवैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *