काठमाडौं, २९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्।

युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्।

‘मेरो पालामा यो जटिलता,अप्ठेरो र झमेला वाला जग्गा भनेर कसैले भनेको’, नेपालले भने। उनले सरकारको जग्गा नेपालले लिने अरूको जग्गा अरूले लिने भनेपछि सही ढंगले छानविन हुने बताए। नेता नेपालले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *