काठमाण्डौं, ३० साउन–नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्।

उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।

स्थापितसहित सिरहाका प्रमोद यादवले पनि केन्द्रीय कमिटीबाट बिदा लिएको एमालेका एक नेताले जानकारी दिए।

‘उहाँहरूले पार्टी नेतृत्वलाई पार्टीको जिम्मेवारीबाट बिदा लिने भन्नुभएको रहेछ। सोमबार बसेको सचिवालय बैठकले उहाँहरूलाई बिदा दिने निर्णय गरेको छ,’ एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।

त्यस्तै हिजो ९सोमबार० बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ। त्यस्तै अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएकी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *